वायोदाटा कसरी लेख्ने

Joboh Samurai > उपयोगी जानकारी > वायोदाटा कसरी लेख्ने

वायोदाटा कसरी लेख्ने

तयारी

  • तयारी फाराम कम्बिनी अथवा सुपर मार्केट मा किन्न पाईन्छ ।बजार मा पाइने फाराम साधारण प्रयोग को लागि, काम परिवर्तन गर्ने बेलाको लागि, बाइटो या पार्ट टाईम काम को लागि अलग अलग फाराम पाईन्छ। त्यसबाट आफु लाई उपयुक्त हुने प्रयोग गर्नुस्
  • टांस्न को लागि फोटो को ब्यवस्था गर्नुस्। फोटो ट्रैन स्टेशन नजिकै अथवा अन्य ठाउँं मा भएको "आई डी फोटो बक्स" मा गएर खिच्न सकिन्छ। फोटो खिच्दा सुट लगाएर अगाडि फर्की, मुख बन्द गरी खिच्नुस्
  • कालो पेनले लेख्नुस् । गल्ती नगरनुस् । कलमले लेख्ने अथवा अर्कै कागजमा एक चोटि लेखेर हेर्नुस्
  • फारम मा छापिएको अक्षर भन्दा २ गुना ठुलो अक्षर लेख्नुस्। लेखेको अक्षरको आकार समान बनाउनुस्।

लेख्ने तरिका

फोटोको बारेमा
  • औपचारिक पोशाक लगाएर सके सम्म सुट लगाएर फोटो खिच्नुस्
  • कपाल राम्ररी मिलाएर दार्ही काटनुस्
आफ्नो शिक्षा को बारेमा
  • माद्यामिक स्तर को समाप्ती, उच्च माद्यामिक स्तर को सुरु र समाप्ती, युनिभर्सिटी को सुरु र समाप्ती हुने समय क्रमै अनुसार लेख्नुस्
  • स्कुल को नाम लेख्दा छोट्करी मा नलेखिकन पुरै लेख्नुस्। आफ्नो मुख्य संकाय, विभाग र बिषय पनि लेख्नुस्
कामको अनुभव र प्रशिक्षणको बारेमा
  • कामको अनुभव लेख्दा सुरुमा "काम को अनुभव" लेख्नुस्
  • आफुले काम गरेको कम्पनी हरु सबै को नाम लेखी कुन बिभाग मा काम गरेको हो त्यो पनि लेख्नुस्।
  • प्रशिक्षण मा गएको भए कुन कम्पनी मा कस्तो कामको प्रशिक्षण लिएको हो लेख्नुस्।

लेख्न सकिए पछी

वायोदाटा कसरी लेख्ने

वायोदाटा दाउन लोड गर्न यहाँ क्लिक गर्नुस्।