अन्तरवार्ताको तयारी

Joboh Samurai > उपयोगी जानकारी > अन्तरवार्ताको तयारी

अन्तरवार्ताको तयारी

पोशाक, बाहिरी रुप

  • खैरो, गाढा निलो अथवा कालो सुट राम्रो हुन्छ।
  • सफा देखिनु बढी महत्व पूर्ण हुन्छ
  • आफ्नो लुगा, कपाल, हात (नङ) जुत्ता सबै सफा भएको नभएको ऐना अगाडि उभिएर हेर्नु जरुरी छ।
  • बाक्लो मेक अप, गन्ध बलियो हुने पर्फ्युम, हिल अग्लो भएको जुत्ता सके सम्म नलगाउनुस्।

कम्पनी को बारेमा आवश्यक कुरा बुझी राख्ने

जहाँ अन्तरवार्ता दिने हो, त्यो कम्पनी को बारेमा केही नबुझी, केही नजानी अन्तरवार्ता दिना जाँदा कम्पनी प्रती जिम्मेवार नभएको भान पर्छ। साथै आफु मा पनि आत्म विश्वाश को कमी हुन्छ। इन्तेर नेट बाट कम्पनीको बारेमा जानकारी सन्कलन गर्ने, जस्ले तपाईं लाई उक्त कम्पनी चिनाएको हो उक्त व्यक्ति सँग सबै जानकारी सोध्नुस्। यसो गर्दा तपाईं त्यस कम्पनी मा काम गर्न उत्सुक हुनु हुन्छ भन्ने कुरा अरु लाई थाहा हुन्छ । यस्ले गर्दा अन्तर वार्ता मा कुरा गर्न पनि सजिलो हुन्छ।

[जरुरी कुरा]
  • कम्पनी को ईतिहास, कम्पनी प्रमुख को प्रोफाइल कम्पनी का उत्पादन तथा उक्त कम्पनी कुन उधोग सँग सम्बन्धित छ
  • सम्बन्धित उधोग अहिलेको अवस्था
  • आफ्नो देश सँग को सम्बन्ध

अन्तरवार्ताको अभ्यास गर्ने

तपाईं ले पठाउनु भएको कागजात हेरी अन्तरवार्ता को अभ्यास गर्नुस्। तपाईं ले पठाउनु भएको वायोदाटा र अन्य कागजात हरु राम्ररी हेरी समिक्षा गर्नुस्। अर्को खण्ड मा भएको" अन्तर वार्ता दिने तरिका" हेर्दै जवाफ कसरी दिने भन्ने कुरा को अभ्यास गर्नुस्। आफ्नो परिचय र केही प्रश्नको तयारी गर्नुस्

अन्तमा

अन्तर वार्ता दिन जाने कम्पनी सम्म कसरी जाने, कती समय लाग्छ, सबै थाहा पाइ राख्नुस्। घर बाट निस्किने बेला मा लाग्ने समय बिचार गरेर अली अगाडि नै निस्किनुस्

ढिला गर्न पाइन्दैन । धेरै अगाडि पुग्नु पनि राम्रो होइन। 5-10 मिनेट अगाडि पुग्नु ठीक हुन्छ। कहिले नगएको ठाउँ भएर जान गार्हो हुने भए अगाडि नै एक पटक गएर ठाउँ हेरेर आउनु राम्रो हुन्छ।

  • पुग्नु पर्ने समय, जानु पर्ने बिभाग, भेट्नु पर्ने व्यक्तिको नाम राम्ररी याद गर्नुस्।
  • जरुरी कागजात हरु र लेख्न को लागि कलम कपि सबै याद गरेर राख्नुस्।