चिकित्सा (स्वास्थ्य) बीमा

Joboh Samurai > उपयोगी जानकारी > चिकित्सा (स्वास्थ्य) बीमा

चिकित्सा (स्वास्थ्य) बीमा

चिकित्सा (स्वास्थ्य) बीमा

कुनै कामदार या उसको परिवार बिरामी हुंदा, चोटपतक लागेमा अथवा बच्चा जन्मिंदा, मृत्यु हुँदा बिभिन्न खर्च गर्न पैसाको आवश्यकता पर्द्छ। त्यस्तो बेलामा स्वास्थ्य उपचार र अन्य खर्च को रकम प्रदान गरी सम्बन्धित व्यक्तिको जीवनयापन मा स्थिरता ल्याउन मद्दत् गर्ने उदेश्य को लागि यो सामाजिक बिमा गरिन्छ।

सदस्यता

साधारणतयाहफ्ता मा ३० घण्टा भन्दा बढीकाम गर्ने व्यक्तिले यो बिमा गराउनु पर्ने नियम छ। २०१६ को अक्टोबर देखी५०१ जना भन्दा बढी कर्मचारी भएको कम्पनी मा २० घण्टा भन्दा बढीकाम गर्ने व्यक्तिले पनि यो बिमा गर्न सक्ने नियम लागु भएको छ

(पार्टटाईम, बाइतो गर्ने व्यक्तिको १ दिन अथवा १ हफ्ता को काम गर्ने समय अथवा १ महिना मा काम गर्ने दिन अन्य कर्मचारी को भन्दा ७५ प्रतिशत भन्दा बढी भएमा यो बिमा गर्नै पर्ने नियम छ।)

बिमा प्रिमियम को भुक्तानी

बिरामी भएको बेला हस्पितल मा व्यक्तिगत रुपमा तिर्ने रकम

तपाईं ले हस्पितल मा स्वास्थ्य बिमा कार्ड लिएर जानु भएमा उपचार खर्च को ३०% मात्र तिरे पुग्छ

स्वास्थ्य बिमा प्रिमियम को गणना गर्ने तरिका

◆स्वास्थ्य बिमा प्रिमियम= औसत तलब (मासिक) ×स्वास्थ्य बिमा दर

◆साधारण मासिक तलब आधार मा औसत मासिक तलब को गणना गरिन्छ

※2016 साल अक्टोबर को तलब ( नोवेम्बर मा भुगतान गर्ने रकम ) बाट स्वास्थ्य बिमा प्रिमियम गणना गर्ने तरिका।

उदाहरण : (टोक्यो ) मासिक तलब 2,25,000 यन ⇒ औसत मासिक तलब 210,000 -230,000 यन ]⇒ औसत तलब (मासिक) 220,000 यन

◆बिमा प्रिमियम = 220,000 ×9.96% = 21,912 यन

  व्यक्तिगत भुक्तानी = 21,912 ×50%=10,956 यन

      कम्पनी द्वारा भुक्तानी 21,912 ×50%=10,956 यन

※यदी बिमा गर्ने व्यक्ति दीर्घकालीन हेरविचार बीमा बिमा को दोस्रो नम्बर अन्तर्गत परेमा बिमा दर 11.54%हुनेछ र बिमा प्रिमियम 25,388 यन हुनेछ

※हेरविचार बिमा को दोस्रो नम्बर मा 40 बर्ष देखी 65 बर्ष उमेर सम्म का व्यक्तिहरु पर्दछन

सम्बन्धित वस्तु