जापान लाई चीनौं【ओकिनावा】

Joboh Samurai > जापानको बारेमा थाहा पाऔं > ओकिनावा

जापान लाई चीनौं【ओकिनावा】

沖縄県

ओकिनावा प्रान्तको स्थान र भूगोल

ओकिनावा जापानको दक्षिण पश्चिमी भाग हो र सबभन्दा पश्चिम तिर पर्छ

यो पुर्वी चाइना समुद्र र प्रशान्त महासागर (फिलिपिनी समुद्र) मा ३६३ वटा साना साना टापु बाट बनेको छ

यहाँ मुख्यतया उपोष्णकटिबंधीय मौसम हुन्छ र केही भागमा उष्णकटिबंधीय मौसम हुन्छ। बर्ष भरी न्यानो मौसम हुने हुनाले सबभन्दा बढी र सबभन्दा घटी तापक्रम को बिचमा खासै फरक हुँदैन

कुनै समयमा यहाँ "रयु क्यु" राज्य थियो । त्यस कारण एतिहासिक , भौगोलिक, राजनीतिक पृष्ठभूमिको कारणले गर्दा यहाँ अरु ठाउँ भन्दा फरक किसिम को संस्कृति छ

ओकिनावा प्रान्तका प्रमुख आकर्षण कुरा・・・

ओकीनावा चुराउमी एक्वारियम

ओकिनावा को मुख्य टापु को उत्तर पश्चिम तिरको मोतोबु प्रायद्वीप बिसेजाकि नजिकैको ओकिनावा राष्ट्रिय स्मारक पार्क भित्रको एक्वारियम हो

संसार मै पहिलो पटक लामो समय सम्म जिन्बे शार्क र " Alfred Manta" जस्ता माछा को दिर्घकालिन प्रजनन कार्यक्रम सफल भएको एक्वारियम हो। यि माछाहरु यहाँको मुख्य आकर्षण हो। साथै 7500 घन मिटर पानीको संसारकै सबभन्दा ठुलो एक्वारियम नजिकैबाट अवलोकन गर्न पाईन्छ। यस्लाई " कुरोसिओ नो उमी" भनिन्छ

10,000 एसा डान्सरको परेड

नाहा एसाको कोकुसाइ दोओरी नै भरिने गरी गरिने डान्स

1000 जना डान्सरको प्रदर्शन, युवा समुहको प्रभावशाली परम्परागत एसा डान्स हेरेर पर्यतकहरु मात्र होइन स्थानीय बसिन्दाहरु पनि रमाउंछन

कोकुसाइ दोओरी

सबैभन्दा ओकिनवा प्रान्त कै सबैभन्दा चहल पहल हुने सडक र नाहा शहरको सबभन्दा ब्यस्त सडक हो

एक छेउ देखी अर्को छेउ सम्म लगभग १ माइल (१.६ किलो मिटर) छ र दोस्रो विश्व युद्द सके पछी छिटो बिकास भएको ले" चमत्कारी १ माइल " भनेर पनि चिनिन्छ

यो बाटो सबै घुम्नु भएमा ओकीनावाको सबै कुरा थाहा पाउन सकिन्छ