भिषा आवेदन

Joboh Samurai > उपयोगी जानकारी > भिषा आवेदन

भिषा आवेदन

निवास स्थिति, भिसाको प्रकार

काम, काम निवासी स्थिति जस्तोसुकै उद्योग को प्रकार को हुन सक्छ

"स्थायी निवासी ", " जापानि नागरिक को पति , पत्नी आदि", "स्थायी निवासी को पति, आदि", " दिर्घकालिन निवासी "

भिसा उदाहरण अवधि रोजगारमा प्रतिबन्ध आवेदन
स्थायी निवासी कानुन मन्त्रालयबाट स्थायी बसोबास को अनुमती पाएका व्यक्ति ( अध्यागमन विशेष व्यवस्था अन्तर्गत "विशेष स्थायी बासिन्दा" बाहेक ) अनिश्चितकालीन छैन हरेक आवेदनको प्रकृया तथा आवश्यक कागजातको सम्बन्धमा तल कोकानुन मन्त्रालयको वेब पेज हेर्नुस्
जापानिज नागरिक को पती अथवा पत्नी जापानिज नागरिक को पति , पत्नी , बच्चा अथवा धर्मपुत्र ५ बर्ष , ३ बर्ष ,१ बर्ष
अथवा ६ महिना
छैन
स्थाई निवासी को पती अथवा पत्नी स्थाई बसिन्दा , विशेष स्थायी बासिन्दा को पती , पत्नी अथवा जापान मा जन्मी जापान मा नै बसोबस गरिरहेको बच्चा ५ बर्ष , ३ बर्ष ,१ बर्ष
अथवा ६ महिना
छैन
दिर्घकालिन निवासी तेस्रो मुलुक बाट आएका शरणार्थी , जापानिज मुल को तेस्रो पुस्ता , चाइना बाट फर्केर आएका जापानिज मुल का व्यक्ति हरु ५ बर्ष , ३ बर्ष ,१ बर्ष
अथवा ६ महिना अथवा कानुन मन्त्रालय ले तोकेको अवधी (व्यक्ति अनुसार फरक फरक हुने , ५ बर्ष भन्दा बढी नहुने )
छैन
एक निस्चित दायरा तथा प्रकारको उधोग, काम मात्र गर्न मिल्ने भिसा

"प्रोफेसर", "कला", "धर्म", "लगानी र व्यवस्थापन", "कानून र लेखा ", "चिकित्सा", "अनुसन्धान", "शिक्षा", " प्राविधिक र मानविकी र अन्तर्राष्ट्रिय सेवा ", अन्तर कम्पनी सरुवा ", "कलाकार"," दक्ष श्रमिक "," विशिष्ट गतिविधि"

भिसा उदाहरण अवधि रोजगारमा प्रतिबन्ध आवेदन
प्राविधिक मानविकी तथा
अन्तर राष्ट्रिय सेवा
मेकानिकल ईन्जिनियर , अनुवादक , डिजाईनर , प्राइभेट कम्पनी को भाषा शिक्षक , बजार ब्यवस्थापन ५ बर्ष , ३ बर्ष ,१ बर्ष
अथवा ३ महिना
निश्चित दायरा भित्र को काम हरेक आवेदन को प्रकृया तथा आवश्यक कागजात को सम्बन्ध मा तल कोकानुन मन्त्रालय को वेब पेज हेर्नुस्
पारिवारिक/ डिपेन्डेन्ट बिदेशी निबासी मा आश्रित पती पत्नी अथवा बच्चा ५ बर्ष , ४ बर्ष ३ महिना , ४ बर्ष , ३ बर्ष ३ महिना , ३ बर्ष , २ बर्ष ३ महिना, २ बर्ष , १ बर्ष ३ महिना , ६ महिना अथवा ३ महिना वर्क पर मिट लिएर निश्चित दायरा भित्र को काम
技能 कूक , स्पोर्टस को शिक्षक , पाईलट , कारीगर आदी ५ बर्ष , ३ बर्ष ,१ बर्ष
अथवा ३ महिना
निश्चित दायरा भित्र को काम
प्राविधिक प्रशिक्षण प्राविधिक प्रशिक्षार्थी १ बर्ष अथवा ६ महिना अथवा कानुन मन्त्रालय ले तोकेको अवधी (व्यक्ति अनुसार फरक फरक हुने , १ बर्ष भन्दा बढी नहुने ) निश्चित दायरा भित्र को काम

※नोट: सूचना स्रोत: कानुन मन्त्रालयको वेब पेज、 अध्यागमन ब्यूरो को वेब पेज, हेलो वर्क【विदेशीहरूको लागि रोजगार सम्बन्धीQ&A】

・भिसा प्रकार को सुची

http://www.immi-moj.go.jp/tetuduki/kanri/qaq5.html

・भिसा सम्बन्धीQ&A

http://www.immi-moj.go.jp/tetuduki/zairyuu/qa.html

भिसा आवेदन गर्दा ध्यान दिनु पर्ने कुरा

◆भिसा परिवर्तन गर्दा निम्न लिखित कुरा मा ध्यान दिनु पर्छ।

・आवेदनको लागि आवश्यक कागजातहरु कुन कुन हो भनेर थाहा पाउनु

・तथ्य कुरा लेख्ने

※जापान कागजात को परिक्षण मा धेरै कडाइ गर्ने देश हो । त्यसैले कुनै त्रुटी नहुने गरी राम्ररी तयारी गरेर मात्र बुझाउनुस्

・अघिल्लो पल्ट बुझाएको कागजात ( पढाई, कामको बारेमा ) सँग मिल्ने हुनु पर्छ।

・जापानमा सिकेको शिक्षा , प्रबिधी कसरी उपयोग गर्नु हुन्छ?/p>

・जापानि नागरिकको सट्टा मा किन तपाईं लाई काम दिने भनेर व्याख्या गर्ने। ( बिदेशी भएकै ले अफु सँग भएको खुबी को बारेमा लेख्ने )

・जुन कम्पनीमा काम गर्न लाग्नु भएको छ , उक्त कम्पनी नै छान्नु को कारण

・अनुवादकको काम गर्ने व्यक्तिले भाषा को ज्ञान कती छ भन्ने कुरा लेख्ने

भिसा आवेदन मा सहयोग