खानेकुराको परिचय

Joboh Samurai > जापान लाई चीनौं > खानेकुराको परिचय

खानेकुराको परिचय

ラーメン ramen

रामेन चिनिया चाउ चाउ र अन्य सामाग्री मिलाएर बनाइएको (च्यास्यु, मेन्मा, अण्डा, हरियो प्याज आदी) परीकार हो

यो बिभिन्न स्वाद हरु मा उपलब्ध छ । जस्तै श्योयु, मिसो, सिओ, तोन्कोचु आदी

बर्तमान अवस्थामा रामेन लाई चिनिया नभै जापानि खानेकुराको रुपमा चिनिन्छ र अमेरिका या फ्रान्समा अत्यन्त लोकप्रिय छ

寿司 sushi

सुशी भात र माछाको सन्योजन गरिएको जापानि खाना हो

त्यस मध्य पनि निगिरी सुशी (एदो शैलीको सुशी) मुख्य प्रचलित छ र बिदेशमा पनि सुशीको नामले प्रख्यात छ

सुशी बार यासुदा"का मालिक नाओमिची यासुदाले बिदेशीहरुको निम्ती सुशी कसरी खाने भनेर सिकाउने भिडियो बिदेशमा धेरै लोकप्रिय भएको र बिदेशीहरु यो भिडियो हेरेर सुशी खान सिकेर जापान आउने गरेको बताउंछन

すき焼き sukiyaki

सुकियाकी मासुलाई पातलो हुने गरी काटेर अन्य खाने कुरा सँग भुट्ने या उसिनेर बनाइने जापानि खाने कुरा हो। स्वाड को लागि चिनी वा सोया सस को प्रयोग गरिन्छ

काँचो अण्डा देखेर हच्किने बिदेशीहरु पनि छन । साथै अझै नखाएका मान्छेहरु पनि छन। पक्कै एक पल्ट खाएर हेर्नुस्

 

天ぷら tenpura

टेम्पुरा (पकौडा) बिभिन्न माछा र अन्य साग सब्जी, अण्डा आदी पिठोमा मिलाएर तेलमा तारेर बनाइने जापानिज खाने कुरा हो

यस्लाई "एदो को तीन मुख्य खाने कुरा " मध्य एक भनेर पनि चिनिन्छ। यो एदो ( टोक्यो ) को स्थानिय खाने कुरा हो तर अहिले जापान को हरेक ठाउँ मा उत्तिकै लोकप्रिय छ

अहिले "मोमिजी तेन्पुरा " को नाम बिदेशी मिडियामा धेरै सुनिन्छ

焼き餃子 gyoza

जापानमा ग्योजा (मोमो) भन्नाले भुतेको मोमो बढी प्रचलित छ। हाल मासु र मसलाहरु मोमो को पट्टामा राखेर तयारी मोमो फ्रीजमा हालेर राखिन्छ

र यो मोमो हरेक जस्तो रेस्टुराँ मा साइड मेन्युमा राखिएको हुन्छ। भुटेको ग्योजा फ्रान्समा एकदम प्रचलित छ। त्यहां "GYOZA BAR" भन्ने पसल छ। फ्रान्समा श्याम्पेनसँग मो मो खाने चलन छ