विदेशी विद्यार्थी जापान रोजगार फेला छन् लागि

Joboh Samurai > उपयोगी जानकारी > विदेशी विद्यार्थी जापान रोजगार फेला छन् लागि

विदेशी विद्यार्थी जापान रोजगार फेला छन् लागि

जापानमा जागिर प्राप्त गर्न

मानसिक तैयारी

जापानमा काम गर्न चाहनु हुने हरु बिभिन्न कारणले त्यस्तो सोच्नु भएको होला। निर्णय गर्नु अगाडि तल उल्लेखित कुरा आँफै लाई सोधेर हेर्नुस्।

◎के म साँचै जापानमा काम गर्न चाहन्छु?

◎किन जापान मा काम गर्ने ?

◎जापान मा काम गरेको अनुभव ले भविश्य मा उपयोगी हुनेछ ?

◎गार्हो भए पनि र जुन सुकै समस्या परे पनि सामना गर्न तयार हुनु हुन्छ ?

साथै जापानको कम्पनीले किन तपाईं (बिदेशी) लाई काम दिन्छ होला त?

◎जापानिज भाषाको ज्ञान ( बिदेशी कम्पनी भए अङ्रेजी भाषा पनि )

◎जापान को संस्कृति र जलवायुमा भिज्न सक्ने क्षमता

◎बिदेशी भएको हिसाबले केही बिशेष क्षेमता

काम खोज्ने तयारी

जापानिज कम्पनी हरु मा स्नातक सकाएको विद्यार्थी लाई काम मा लिने बेला मुलत अप्रिल को १ तरिक देखी सुरु गर्ने गरिन्छ। काम खोज्न सुरु गर्ने समय पनि हरेक बर्ष निस्चित जस्तै हुन्छ । त्यसैले ढिला नहोस् भनेर तयारी गरी राख्नु उपयुक्त हुन्छ। विस्तृत रुपमा भन्नु पर्दा कहिले देखी के गर्ने भन्ने कुरा स्पष्ट गर्नु पर्छ। जानकारी सङ्कलन र आत्म-विश्लेषण मा विभाजन गर्न सकिन्छ

जानकारी सङ्कलन
◆काम खोज्ने समय

2018 साल मा स्नातक सकाउने विध्यार्थी ले 2017 को मार्च को 1 तारिक देखी कम्पनी को सेमिनार सुरु हुने र अन्तर वार्ता जुन को 1 तारिक देखी सुरु हुने छ । 2019 मा स्नातक सकाउने विद्यार्थी ले फेरी पछी खोज्नु होला

※जापान मा नयाँ स्नातकहरूको काम खोज्ने समय तालिका जापानी आर्थिक संगठन (日本経済団体連合会)ले निर्धारण गर्दछ

※यस्लाई जापान व्यापार संघ KEIDANREN पनि भनिन्छ । यो संगठन जापानको प्रमुख उधोग व्यवसाय तथा छेत्रीय औधोगिक संगठन हरु मिलेर बनेको छ

◆युनिभर्सिटीको क्यारियर निर्देशन केन्द्र को प्रयोग
◆इन्टरनेटको प्रयोग

◆उधोगको बारेमा जानकारी

◆कामको बारेमा जानकारी

◆कम्पनीको बारेमा जानकारी
आत्म-विश्लेषण

・स्व-विश्लेषण गाह्रो, तर महत्त्वपूर्ण कदम हो। त्यसैले धेरै छैन सोचाइ, गरेको objectively आज्ञाकारी लेखन गरौं

◆व्यक्तित्व, बलियो पक्ष, कमजोर पक्ष

◆ कुन कुरा मा बलियो छु र त्यस्को कारण अथवा सम्बन्धित अनुभव , कुन कुरा मा कमजोर छु र त्यस कमजोरी लाई कसरी प्रयोग गर्न सकिन्छ र त्यस्को कारण र अनुभव

◆सोख, विशेष कौशल, आवेग महसुस हुने कुरा

◆PR को लागि महत्वपूर्ण कुरा

 ・साकारात्मक रवैया बिनम्र मनो भाव

 ・किन यो कम्पनी छन्नु भयो र किन यो कम्पनी ले तपाईंलाई छनौट गर्नु पर्छ?

◎जापानी भाषा क्षमता

कामको प्रस्ताव
◆कामको प्रस्ताव

कम्पनी ले अन्तर वर्ता लिएका हरु मध्य बाट काम म राख्न चाहेको व्यक्तिलाई कामको प्रस्ताब् राख्छ

◆अनौपचारिक प्रस्ताव
◆अनौपचारिक प्रस्ताव अस्वीकार

आफु काम गर्न चाहेको कम्पनीको निर्णय गरे पछी अरु प्रस्ताब् पठाउने कम्पनी लाई प्रस्ताब् अस्विकार गरेको सुचना दिनु जरुरी हुन्छ। यहाँ ध्यान दिनु पर्ने कुरा के हो भने यस्तो अस्विकार गरेको सुचना दिंदा पहिला प्रस्ताब् को लागि अभर प्रकत गर्नु जरुरी हुन्छ। त्यस पछी शिष्ट रुप्मा आफु ले उक्त कम्पनी मा काम गर्न नचाहेको बताउनु पर्छ

◎काम गर्ने कम्पनी निस्चित भए पछी ,भिसा परिवर्तनको लागि आवेदन दिएर कोठा सर्ने भएमा नयाँ ठाउँ मा कोठा खोज्ने सुरु गर्नुस्।

भिसा परिवर्तन
◆बिदेशी नागरिकता भएका व्यक्तिहरु लाई जापानमा काम गर्न अनुमतीको आवश्यकता पर्दछ । र सोही अनुसारको भिसा हुन जरुरी छ

त्यसैले काम गर्ने कम्पनी पक्क हुने बित्तिकै भिसा परिवर्तन को लागि आवेदन दिनुस्

कृपया थप जानकारीको लागि "भिसा आवेदन पेज" मा हेर्नुस्।

◆ युनिभर्सिटीको पढाई सकिएका बिदेशी विध्यार्थीले काम को खोजी गर्न चहेको खण्ड मा

पढाई सकिनु अगाडि देखी नै काम खोजे पनि काम को टुङो छिट्टै लाग्ने अवस्था नभएको बेला

काम खोजी को लागी "विशिष्ट गतिविधि" भिसा बढी मा १ बर्ष सम्म पाउन सकिन्छ

काम खोजी को लागी "विशिष्ट गतिविधि" भिसा बढी मा १ बर्ष सम्म पाउन सकिन्छ