जापानको बारेमा थाहा पाऔं【केन्टो】

Joboh Samurai > जापानको बारेमा थाहा पाऔं > केन्टो

जापानको बारेमा थाहा पाऔं【केन्टो】

関東地方

खान्तोउ क्षेत्रको स्थान र भूगोल

खान्तोउ क्षेत्र होन्शु को पुर्वी भाग मा पर्दछ

इबाराकी, तोचिगी, गुन्मा, साइतामा, चिबा, टोक्यो, खानागावा प्रान्त सम्मिलित क्षेत्र हो

टोक्यो राजधानी भएको खान्तोउ क्षेत्र जापानको राजनीति र अर्थ व्यबस्थाको केन्द्र हो

र यहाँ जापानको कुल जन सन्ख्या को एक तिहाइ यहाँ बसोबास गर्दछ। खान्तोउ क्षेत्र को बिच मा जापान को सब भन्दा ठुलो समतल क्षेत्र " खान्तोउ समथर " क्षेत्र " छ जस्को उत्तर पश्चिम मा हिमाली भुभाग र दक्षिण पुर्व मा प्रशान्त महासागर पर्दछ।

खान्तोउ क्षेत्रका प्रमुख आकर्षण・・・

सेन्सोउजी मन्दिर【आसाकुसा स्टेशन】

雷門

जापान को सब भन्दा पुरानो मन्दिर को रुप मा यो मन्दिर चिनिन्छ

टोक्यो स्काइ ट्री बाट छिटो पुग्न सकिन्छ । त्यसैले यहाँ घुम्न जांदा टोक्यो स्काइ ट्री र आसाकुसा मन्दिर सँगै घुम्नुस् ।यो टोक्योको प्रख्यात पर्यतकिय स्थल हरु मध्य एक हो

ठुलो परम्परागत लालटिन, र नाखामिसे (मन्दिर भित्र बाटो को दुबै तिर पसलहरु राखेको ठाउँ) ले पुरानो एदो कालको सन्स्मरण गराउंछ।

साथै आसाकुसाको नाखामिसे बिदेशी पर्यतकहरु माझ पनि लोक प्रिय छ। "एदो काल" को झझल्को दिने बातावरण अझै बाँकी रहेको छ। राती पसलहरु बन्द हुन्छन । तर पसलको ढोकामा बिभिन्न चित्रहरु कोरिएको हुनाले राती यस् ठाउँ मा घुम्ने रमाइलो हुन्छ। जापानको परम्परगत खाने कुरा खांदै घुम्नुको रमाइलो अर्कै हुन्छ। " दाङगो ", " सेन्बेइ ", "मान्ज्यु " र " निङ्ग्यो याकी " जस्ता जापानिज खाने कुरा खान नभुल्नुस्♪ राती खाना खाने बेला तेम्पुरा , माछा , सोबा आदी र पश्चिमी खाना खाने भए बीफ स्ट्यु , हाम् बर्गर , चिकेन राइस आदी पाईन्छ। पसल वरिपरी घुम्ने बेला मुखै रसाउने ♪

त्यस बाहेक जापानका परम्परागत बस्तुहरु पनि यहाँ पाईन्छ। भाग्य बढाउने बिरालो "मानेकी नेको ", जापानिज कागजको पंखा, तलवार, चपस्टिक, धुप तथा अन्य सामाग्री हरु पाईन्छ। नाखामिसे को लम्बाइ कारीब २५० मिटर जत्ती मात्र छ। तर यहाँ रहेका पसलहरुमा हामीले सोच्न सक्ने भन्दा धेरै बढी समानहरु भेटाउन सकिन्छ।

■आधारभूत जानकारी

  • सेन्सोउजी मन्दिर
  • स्थान: ताइतो कु, टोक्यो, आसाकुसा 2-3-1
  • नजिक को स्टेशन: आसाकुसा स्टेशन बाट पैदल 5 मिनेट
  • समय: 6:00 17:00
  • बन्द हुने दिन: हरेक दिन खुल्ने
  • फोन नम्बर: 03-3842-0181
  • शुल्क: नि: शुल्क
  • घुम्न लाग्ने समय: 1 घण्टा
  • बर्षको जुन सुकै समय मा पनि जान सकिने
  • आधिकारिक साइट URL: http://www.senso-ji.jp/

浅草寺

यासुकुनी मन्दिर【कुदान शिता स्टेशन】

靖国神社拝殿

समाचारमा पनि धेरै नाम सुनिने यासुकुनी मन्दिर पनि राम्रो पर्यतकिय स्थल मा पर्दछ। जापानको सैनिक तथा सेनाको लागि काम गर्ने सामान्य व्यक्तिहरुलाई देउता मानेर पूजा गरिने अनौठो मन्दिर हो। अप्रिलमा साकुरा फुल फुल्ने बेला यहाँ फुल हेर्न धेरै मान्छे जम्मा हुन्छन।

यहाँ २,४६०,००० भन्दा बढी सैनिक लाई देउताको रुप मा स्थापित गरिएको छ। दोस्रो विश्व युद्द समाप्त भएको दिन अगस्तको १५ तरिक का दिन परिवार का व्यक्ति हरु बाहेक प्रधानमन्त्री पनि यहाँ पूजा गर्न आउंछन। २०१९ साल मा यो मन्दिर स्थापना गरेको १५० बर्ष पुरा हुने अवसरमा बिभिन्न कार्यक्रम गर्ने तय गरिएको छ । यस् मन्दिर भित्र योशिनो साकुरा र यामा जाकुरा जस्ता बिभिन्न जाती का ४०० वटा साकुरा को रुख रोपिएको छ।

■आधारभूत जानकारी

  • नाम: यासुकुनी मन्दिर
  • ठेगाना: चियोदा कु, टोक्यो, कुदान किता
  • नजिक को स्टेशन: कुदान शिता रेल स्टेसनबाट एक 5 मिनेट पैदल
  • समय: 6: 00-17: 00 (नोभेम्बर- फरवरी) 6:00 गर्न 18:00
    (मार्च-अप्रिल, सेप्टेम्बर-अक्टोबर) 6:00 19:00 (मे- अगस्ट)
  • बन्द हुने दिन: हरेक दिन खुल्ने
  • फोन नम्बर: 03-3261-8326
  • शुल्क: नि: शुल्क
  • घुम्न लाग्ने समय: 1 घण्टा
  • साकुरा फुल्ने सिजन मा जाने राम्रो
  • आधिकारिक साइट URL: www.yasukuni.or.jp/

靖国神社

टोक्यो राष्ट्रीय संग्रहालय 【उएनो स्टेशन】

国立博物館

टोक्यो राष्ट्रीय संग्रहालय जापानको सब भन्दा पुरानो संग्रहालय हो। यहाँ जापानको कलाकृति मात्र नभै एसिया को बिभिन्न देशको कलाकृतिहरु रखिएको छ

यस् संग्रहालयमा 112,000 वटा सांस्कृतिक सम्पदा तथा कलाकृति संग्रह गरिएको छ।त्यस मध्य 2000-3000 वटा महत्वपूर्ण कलाकृति प्रदर्शनको लागि राखिएको छ

यो जापानको सबभन्दा ठुलो संग्रहालय हो । यहाँ जापान र पुर्वीय सभ्यताका महत्व पूर्ण एतिहासिक धरोहरहरु हेर्न सकिन्छ। यस् संग्रहालयको टेली फिल्म या बिज्ञापनको छायांकनको लागि पनि प्रयोग गरिन्छ। वेब साइत बाट यहाँ हुने कार्यशालामा भाग लिन आवेदन दिन सकिन्छ। आफ्ना बच्चाहरु सँगै घुम्न जानुस्। धेरै ठुलो हुनाले सबै कुरा हेर्न एक दिनले पर्याप्त नहुन सक्छ।

■आधारभूत जानकारी

  • नाम: टोक्यो राष्ट्रीय संग्रहालय
  • ठेगाना: ताइतो कु, टोक्यो उएनो पार्क 13-9
  • नजिक को स्टेशन: टोक्यो मेट्रो उएनो स्टेशन देखि 15 मिनेट पैदल
  • समय: 9: 30 ~ 17: 00 (16: 30 पछी प्रबेश गर्न नपाईने)
  • बन्द हुने दिन: सोमवार (सो सोमबार राष्ट्रिय छुट्टी, टोक्यो दिबस आदी परेमा भोली पल्टको दिन बन्द गरिने)
  • फोन नम्बर: 03-3822-1111
  • प्रवेश सुल्क: वयस्क 620 येन विश्वविद्यालयका विद्यार्थीहरू 410 येन
  • घुम्न लाग्ने समय: 1 घण्टा
  • बर्ष को जुन सुकै समय मा पनि जान सकिने।
  • आधिकारिक साइट URL: http://www.tnm.jp/

上野公園

राष्ट्रिय पश्चिमी कला संग्रहालय,【उएनो स्टेशन】

国立西洋美術館

टोक्यो राष्ट्रीय संग्रहालय सँग राष्ट्रिय पश्चिमी कला संग्रहालय छ । १९५४ साल स्थापित गरिएको यो संग्रहालयमा मुख्यतया कोजिरो माचुताका भन्ने ब्यापारिले बनएका कला कृतिहरु छन

साथ् साथै रेनोइर सहित अन्य "impressionist " कलाकारहरुको कला र रोदिन जस्ता मुर्तिकारको मुर्तिहरु पनि हेर्न सकिन्छ। कला सम्बन्धी कुराकानी या बस्तुकला भ्रमणमा पनि निःशुल्क भाग लिन सक्नु हुन्छ। शनिबार बच्चाहरुको लागि कार्यशाला पनि आयोजना गरिन्छ

संग्रहालयको पसलमा क्याटालग , पुस्तक र अन्य सामाग्री हरु किन्न पाईन्छ। क्याफे रेस्टुराँ पनि छ।

■आधारभूत जानकारी

  • नाम: राष्ट्रीय पश्चिमी कला राष्ट्रीय संग्रहालय
  • ठेगाना: ताइतो कु, टोक्यो उएनो पार्क 7 -7
  • नजिक को स्टेशन: JR उएनो स्टेशन बाट 1 मिनेट पैदल
  • समय: 9:30 17:30 गर्न (शुक्रवार 22: 00)
  • बन्द हुने दिन: सोमवार (सो सोमबार राष्ट्रिय छुट्टी, टोक्यो दिबस आदी परेमा भोली पल्टको दिन बन्द गरिने)
  • फोन नम्बर: 03-3828-5131
  • प्रवेश सुल्क: वयस्क 430 येन, विश्वविद्यालय विद्यार्थी 130 येन
  • घुम्न लाग्ने समय: 1 घण्टा
  • शुक्रवार बढी समय घुम्न पाईन्छ।
  • आधिकारिक साइट URL: http://www.nmwa.go.jp/jp/index.html

国立西洋美術館

सुमिदा नदी हानाबी महोत्सब

हरेक बर्ष अगस्त मा आयोजना गरिने ३ ठुला हानाबी महोत्सब हरु टोक्यो बे ग्र्या ण्ड हानाबी महोत्सब र एदो गावा हानाबी महोत्सब र सुमिदा नदी हानाबी महोत्सब हुन

सुमिदा नदी हानाबी महोत्सबमा प्रयोग गरिने पटाखा को सँख्या खान्तोउ मै सब भन्दा बढी हो

टोक्यो स्काई ट्री

टोक्यो, सुमिदा कु को ओसिआगे -1 मा अवस्थित रेडियो टावर हो

साथै पर्यतन, ब्यापारको सुबिधा, अफिस बिल्दिङ पनि सँगै स्थापना गरी सम्पूर्ण क्षेत्र लाई टोक्यो स्काइ ट्री ताउन भनिछ

कप चाउचाउ संग्रहालय

जापान कै पहिलो संग्रहालय जहाँ तपाईं आफ्नो इच्छा अनुसार तयारी चाउ चाउ बनाउन सक्नु हुन्छ

साथै तयारी चाउ चाउ को ईतिहास पनि जान्न सक्नु हुन्छ