जापान लाई चीनौं【शिकोकु】

Joboh Samurai > जापानको बारेमा थाहा पाऔं > शिकोकु

जापान लाई चीनौं【शिकोकु】

四国地方

शिकोकु क्षेत्रको स्थान र भुगोल

सिकोकु जापान को ४ ठुला टापु मध्य १ हो र सब भन्दा सानो टापु हो

सिकोकु र अन्य टापु (सोदोसिमा, ओ मिसिमा, ओसिमा, हाखाताजिमा, तोशिमा) मिलाएर सिकोकु क्षेत्र भनिन्छ

यस् क्षेत्रमा तोकुशिमा, खागावा, एहिमे र कोची प्रान्तहरु पर्दछन

शिकोकू क्षेत्रका प्रमुख आकर्षण कुरा・・・

सोदोसिमा एन्जेल रोड

यो खगावा प्रान्तमा पर्दछ। पानी (छाल) कम भएको बेला मात्र देखिने बाटो हो

यस्ले बेन्तेन जिमा लाई नाखायोसिमा, कोयोसिमा, ओयोसिमासँग जोद्छ। धेरै युगल जोडीहरुको माझमा प्रख्यात रहेको छ

दारुमा सूर्यास्त

सुकुमो समुद्री तटमा जाडो याममा देखिने सुर्यास्त हो

नोवेम्बर मध्य देखी फेब्रुअरी मध्य सम्म मा 20 पटक भन्दा बढी सुर्यास्त देखिन्दैन
त्यस भित्र पनि १० पटक जत्ती मात्र दारुमा आकारको सुर्य देखिन्छ। यसरी थोरै मात्र देखिने हुनाले "भाग्यमानी" को सुर्यास्त पनि भनिन्छ

जापान को 100 राम्रो सुर्यास्तमा पनि छनौत गरिएको छ

सानुकी उदोन

खागावा प्रान्तको उदोन जापान भरी मा सब भन्दा बढी उपभोग गरिने उदोन हो

पर्यतकहरु माझ धेरै लोकप्रिय खागावाको प्रमुख आकर्षण मध्य को एक यस् उदोन लाई मान्न सकिन्छ