जापानको बारेमा थाहा पाऔं【क्युश्यु】

Joboh Samurai > जापानको बारेमा थाहा पाऔं > क्युश्यु

जापानको बारेमा थाहा पाऔं【क्युश्यु】

九州地方

क्युश्यु क्षेत्रको स्थान र भूगोल

क्युश्यु जापान को ४ मुख्य तापु मध्य एक हो र् दक्षिण पश्चिम तिर पर्दछ

होक्काइदो, होन्शु, सिकोकु सँगै एक मुख्य टापु हो र तेस्रो ठुलो टापु हो

संसार भरका टापु मध्य ३७ औं ठुलो तापु हो। क्युश्यु र त्यसको नजिकका स्थानहरु मिलाएर क्युश्यु क्षेत्र भनिन्छ

फुकुओखा, सागा, नागासाकी, कुमामोतो, ओइता, मियाजाकी र खागोशिमा गरी ७ वटा प्रान्त यस् क्षेत्र मा पर्दछ

क्युश्यु क्षेत्रका प्रमुख आकर्षण कुरा・・・

कुमामोतो दरबार

कुमामोतो दरबार हालको कुमामोतो प्रान्तको कुमामोतो शहरमा रहेको छ। यो दरबार " आजुची मोमोयामा काल " देखी "एदो काल" सम्म दरबारको रुपमा प्रयोग गरिएको थियो

यस्लाई "गिननान ज्योउ" भनेर पनि चिनिन्छ। यस् दरबार भित्र एक भाग लाई कुमामोतो संग्रहालयको शाखाको रुपमा प्रदर्शित गरिएको छ। कुमामोतो दरबार को पुन निर्माण गरिएको भाग "कुमामोतो संग्रहालय" को रुपमा रखिएको छ

दाजाइफु टेनमानगु

राष्ट्रिय प्रहरी बिभाग को तथ्याङ्क अनुसार नयाँ बर्ष को दिन सब भन्दा बढी मान्छे घुम्न जाने मुख्य मन्दिर मध्य यो मन्दिर हरेक बर्ष १० स्थान भित्र पर्दछ

नयाँ बर्ष बाहेक अरु बेला पनि धेरै मान्छे यस मन्दिरमा जान्छन। यस् मन्दिरको देउतालाई पढाईको देउताको रुपमा पुजिन्छ। त्यसैले धेरै विद्यार्थीहरु यहाँ पूजा गर्न जान्छन। साथै क्युश्युमा सैक्षिक भ्रमणमा जांदा जानै पर्ने ठाउँ हो। बिदेशीहरुको लागि पनि पर्यतकिय स्थलको रुपमा प्रसिद्द छ

हाखाता रामेन

फुकुओखा प्रान्तको फुकुओखा शहरमा बनाइने बङुरको हद्दी को सुप र पातलो नुडल नै हाखाता रामेन हो

केही समय अगाडिबाट रामेन ( चाउचाउ ) को लोकप्रियता घटे पनि यो रामेन को लोकप्रियता चाँही घटेको छैन। सुप पनि मिठो, स्वादको सन्तुलन मिलेको र बासनादार भएर धेरै मिठो हुन्छ