जापान लाई चीनौं【किन्की】

Joboh Samurai > >जापान लाई चीनौं > किन्की

जापान लाई चीनौं【किन्की】

近畿地方

किन्की क्षेत्रको स्थान र भूगोल

किन्की क्षेत्र होन्शुको मध्य पश्चिम तिर पर्दछ

यो पुरानो किन्की क्षेत्र र वरिपरीको क्षेत्र मिलेर बनेको छ। यो नानीवानो मिया, हेइज्योक्यु जस्ता पुराना दरवार रहेको क्षेत्र हो। अहिले खान्तोउ क्षेत्र पछी दोस्रो ठुलो शहरी क्षेत्र भएको र आर्थिक क्षेत्र भई पश्चिम जापानको केन्द्र हो

किन्कीको क्षेत्र को बारेमा कानुनी रुपमा केही निस्चित गरिएको छैन । तर साधारणतया ओसाका, क्योतो, ह्योगो, नारा, मिए, सिगा, वाखायामा प्रान्त यस् क्षेत्र भित्र पर्दछन

किन्की क्षेत्रका प्रमुख आकर्षण・・・

फुसिमी इनारी जिन्ज्या

जापान भरी 30,000 भन्दा बढी भएको मानिएको इनारी जिन्ज्या को मुख्य मन्दिर को रुप मा मानिएको फुसिमी इनारी जिन्ज्या बिदेशी पर्यतक हरु माझ पनि एक दम चर्चित रहे भएको छ

TripAdvisor द्वारा गरिएको सर्वेक्षण मा "बिदेशीहरु माझ जापानको सबभन्दा चर्चित स्थान" मा यो जिन्ज्या पहिलो स्थानमा रहेको छ

युनिभर्सल स्टुडियो जापान

थिम पार्कको रचनात्मक सामान्य निर्देशक स्टीवन स्पीलबर्ग जो लोकप्रिय फिल्म निर्देशक पनि हुनुहुन्छ। जुन पार्क मा तपाइले हलिउडको चलचित्रको आनन्द उठाउन सक्नुहुन्छ। पार्क मा हलिउडको लोकप्रिय चरित्रको मज्जा लिन सक्नु हुन्छ। हेरी पोटरको थिम पार्क पनि धेरै आकर्षण र प्रख्यात छ।

ताकोयाकी (अक्तोपसको पकौडा)

पिठो को प्रयोग गरी बनाइने एक प्रकारको खाने कुरा हो

पिठोको बेसनमा अक्तोपस र मसला हालेर 3-5 सेन्तिमिटरको गोलकारमा बनाइन्छ र यो ओसाकाबाट सुरु भएको खाने कुरा हो