आफ्नो परिचय लेख्ने तरिका

Joboh Samurai > उपयोगी जानकारी > आफ्नो परिचय लेख्ने तरिका

आफ्नो परिचय लेख्ने तरिका

जापानमा आफ्नो परिचय लेख्ने तरिका

जापानिज भाषा अध्ययन को कारण को बारेमा
  • जापानिज भाषा अध्ययन सुरु गर्नु को कारण विस्तृत रुपमा लेखेर अहिलेसम्म कत्तिको सुधार भएको छ लेखेर अपील गरौं।
युनिभर्सिटी मा अध्ययन गरेको बिषय को बारेमा
  • युनिभर्सिटी मा आफुले अध्ययन गरेको बिषय को बारेमा लेख्नुस्। बिज्ञान पढ्नु भएका हरु ले आफुले गरेको अनुसन्धान को बारेमा लेख्नुस्
PR को बारेमा
  • "जिम्मेवारि महसुस गर्छु ", "प्रयास गर्छु "," गम्भिर भएर गर्छु " जस्ता स्पष्ट नहुने कुरा नलेख्नुस्।
  • आफुले गर्न सक्ने कामको बारेमा उदाहरण सहित् बर्णन गर्नुस्।
  • अंक को प्रयोग गरी बुझ्न सकिने PR लेख्नुस्।
आवेदनको उद्देश्यको बारेमा
  • काम पाएमा कस्तो काम गर्न चाहनु हुन्छ, आफुले कस्तो योगदान गर्न सक्नु हुन्छ भन्ने बारेमा लेख्नु जरुरी हुन्छ।
  • लेख्नु अगाडि कम्पनी को वेब साइत हेरेर कस्तो कम्पनी हो, मुख्य तया के काम गर्छ, कोम्पनी को उद्देश्य
  • को बारेमा जानकारी लिएर त्यो सँग सम्बन्धित भएर लेख्दा उपयुक्त हुन्छ।

आत्म-परिचय / PR (नमूना)

म नेपाल को काठमाडौं मा जन्मेको हुं। सानो बेला जापानको कार्टून "डोरएमोन " हेरेर जापान को बिषयमा चासो बढेकोले अझ बढी थाहा पाउने इच्छा बढ्यो । त्यसैले जापानमा गएर पढ्ने निर्णय गरें। २०१० साल जुलाई मा *** जापानिज भाषा को स्कुल मा भर्ना भई २ बर्ष जापानी भाषा सिकें । त्यस पछी ****युनिभर्सिटी (व्यावसायिक स्कुल) मा भर्ना भई २०१६ साल मार्च मा युनिभर्सिटी को पढाई समाप्त भयो।

 पढाई गर्दै गर्दा देखी नै जापान र नेपाल को सम्बन्ध अझ प्रगाध बनाउने काम गर्ने इच्छा लिएको थिएं

 त्याही कारण पढाई गर्दै गर्दा जापानिज भाषा पनि पढेर वक्तृत्व कला प्रतियोगिता मा पनि भाग लिएं। युनिभर्सिटी (व्यावसायिक स्कुल)मा लेखा सम्बन्धी पढाई गरेर २०१५ साल को जुन मा "The Official Business Skill Test in Book-keeping" प्रथम लेवल मा उतिर्ण भएं । साथै जापानिज भाषाको परीक्षा JLPT मा पनि प्रथम लेवल मा उतिर्ण भएं । तर कामको तयारीको रुपमा बिजिनेसको लागि आवश्यक जापानि भाषाको किताबहरु पढ्दै अझ भाषा सुधार्ने प्रयास गर्दै छु

अध्ययन गर्न मन पर्ने हुनाले कुनै पनि बिषयको बारेमा पढ्न मन पराउँछु। आफ्नो ज्ञान बढाउंदै रेस्टुराँ मा काम गरेर जापान को नियम हरु तथा परम्परा हरु थाहा पाइ जापानको समाजको बारेमा पनि बुझ्ने मौका पाएं । जती सुकै गार्हो परे तापनी अहिले सम्म बिच मा काम छोडेको छैन। युनिभर्सिटी मा पाएको लेखा सम्बन्धी ज्ञान र बाइटो बाट पएको अनुभव, भाषाको ज्ञान (जापानिज, अङ्रेजी, नेपाली) प्रयोग गर्न मिल्ने काम गरी समाज मा योगदान गर्न चाहन्छु। साथै आफ्नो बिषय (लेखा) मा पनि अझ सफल हुन चाहन्छु