जापानको बारेमा थाहा पाऔं【पूर्वोत्तर】

Joboh Samurai > जापानको बारेमा थाहा पाऔं > पूर्वोत्तर

जापानको बारेमा थाहा पाऔं【पूर्वोत्तर】

東北地方

तोहोकु क्षेत्रको स्थान र भूगोल

तोहोकु क्षेत्र होन्शु को उत्तर पुर्वी भागमा पर्दछ। यस्लाई ओउ क्षेत्र पनि भनिन्छ

यो क्षेत्र भित्र आओमोरी, इवाते, मियागी, आकिता, यामागाता, फुकुसिमा गरेर 6 वटा प्रान्त पर्दछ। यि प्रान्तले होन्शु को ३०% भुभाग ओगतेको छ। तोहोकु क्षेत्र जापान को पुर्वी भागमा पर्छ। तर मौसमको हिसाब ले र ऐतिहासिक भुगोलमा होक्काइदो सँग यो क्षेत्रलाई पनि उत्तर भाग मा राखिएको छ

तोहोकु क्षेत्रका प्रमुख आकर्षण・・・

आओमोरी नेबुता महोत्सब

यो आओमोरी शहरमा अगस्त को 2 देखी 7 तारिक सम्म मनाइने ग्रिश्म महोत्सब हो। हरेक बर्ष यो महोत्सब हेर्न 20 लाख पर्यतक आओमोरी पुग्ने गर्छन्

1980 मा यो महोत्सब लाई जापान को एक महत्व पूर्ण सांस्कृतिक धरोहर को रुप मा चयन गरिएको थियो

विश्व सम्पदा हिराइजुमी

यो चुसोन्जी मन्दिर, मोचुजी मन्दिर, खान्जीजाइओइन, मुर्यो कोइन आतो, र किन्केइ जान गरी 5 वटा एतिहासिक स्थल समेतिएको विश्व सम्पदा क्षेत्र हो। पुरातात्विक भग्नावशेष, बगैंचा आदी भएको क्षेत्र हो

गाईको जिब्रो

गाई को जिब्रो मियागी को सेन्दाइ भन्ने ठाउँको बिशेष खाना हो

मोटो र तन्किने खाल्को भए पनि टोकेर खान सकिने मिठो स्वाद हुन्छ।