जापानको बारेमा थाहा पाऔं【मध्य】

Joboh Samurai > जापानको बारेमा थाहा पाऔं > मध्य

जापानको बारेमा थाहा पाऔं【मध्य】

中部地方

च्युबु क्षेत्रको स्थान र भूगोल

च्युबु क्षेत्र केन्द्रिय होन्शु लाई साधारणतय च्युबु क्षेत्र भनिन्छ। यस्लाई अझ होकुरिकु क्षेत्र , कोशीन एचु क्षेत्र , टोखाइ क्षेत्र मा बिभाजन गरिएको छ

मुख्यत होकुरिकु क्षेत्रमा तोयामा , इसिखावा , फुकुइ , च्युबु क्षेत्रमा यामानाशी , नागानो ,निगाता र तोखाइ क्षेत्रमा सिजुओखा, आइची, गिफु गरी ९ वटा प्रान्त पर्दछन

यस्को बिच मा आल्पस हिमालि श्रृंखला पर्दछ। यो क्षेत्र जापान को अर्थ ब्यबस्था र संस्कृति को केन्द्र टोक्यो र ओसाका को बिच मा पर्दछ । त्यसैले यस् क्षेत्र मा विभिन्न कुरा को विविधता पाईन्छ र एक अभिन्न क्षेत्रको रूपमा सम्बन्ध बलियो छैन

च्युबु क्षेत्रका प्रमुख आकर्षण・・・

फुजी-क्यू हाइल्यान्ड

फुजिक्यु हाइल्यान्ड पार्क यामानाशी प्रान्तमा पर्दछ।

जापान कै प्रख्यात पार्कमा पर्दछ । हरेक दिन यहाँ ठुलो सँख्यामा मानिसहरु आउँछन

फुजी हिमाल

फुजी हिमाल सक्रिय ज्वालामुखी हो र सिजुओखा प्रान्तमा पर्दछ

यस्को उचाइ 3,776.12 मिटर हो र जापान को सब भन्दा अग्लो हिमाल हो

एकदम राम्रो देखिने यो हिमाल बिदेशमा पनि जापानको प्रतिकको रुपमा परिचित छ। २०१३ सालको जुन २२ तारीकको दिन यो हिमाललाई सांस्कृतिक विश्व सम्पदाको रुपमा दर्ता गरिएको छ

रातो गंगटा (जुवाइ गानी)

तोयामाको समुद्री तट मा रहेको माछा मार्ने बन्दरगाहमा पाइन्छ

गंगटा भन्दा गहिरो पानीमा पाइने यो रातो गंगटा साधारण गंगटा भन्दा ठुलो हुन्छ र खागो नावा भन्ने माछा मार्ने तारिकाबाट समातिन्छ