अन्तर वार्ता दिने तरिका

Joboh Samurai > उपयोगी जानकारी > अन्तर वार्ता दिने तरिका

अन्तर वार्ता दिने तरिका

कोठा मा प्रवेश गर्ने

  • अन्तर वार्ता को कोठा मा 2-3 पटक बिस्तारै ढक ढकाएर, "दोउजो" भने पछी, " सिचुरेइ सिमासु " भनेर भित्र जानुस्।
  • ढोका बन्द गरेर "○○ तो मोउसी मासु । योरोसिकु ओनेगाइ सिमासु" भनेर झुक्नुस्। आफ्नो नाम भनेर झुक्ने गर्नाले जापानीहरुमा राम्रो प्रभाव पर्छ। त्यसैले यो गर्न नछुताउनुस्
  • अन्तरवार्ता लिने व्यक्तिले "बस्नुस्" भने पछी "सिचुरेइ सिमासु" भनेर बस्नुस्

अन्तरवार्ताको सुरुवात

  • अन्तर वार्ता लिने व्यक्तिले कामको बारेमा बिभिन्न व्याख्या गरेर तपाईंलाई बिभिन्न प्रश्न गर्ने छन। नआतिकन जवाफ दिनुस्। प्रश्न नबुझेमा सोध्नुस्
  • "केही सोध्नु प्रने कुरा छ?" भनेर सोधेमा आफुलाई लगेको कुरा भएमा अथवा पहिले देखी नै सोध्ने बिचार गरेको कुरा भए सोध्नुस्
  • काम तथा तलब को बारेमा विस्तृत रुपमा जान्नु राम्रो हुन्छ

कोठाबाट बहिर निस्किने

  • अन्रत वार्ता लिने व्यक्तिले " इज्योउ देसु। सकियो " भने पछी " धन्यवाद " भनेर उठ्नुस्
  • कुर्सी पहिले कै ठाउँ मा राखेर " सिचुरेइ सिमासु" भनेर निस्किनुस्।