Joboh Samurai > जापानको बारेमा थाहा पाऔं > च्युगोकु
जापानको बारेमा थाहा पाऔं【च्युगोकु】
च्युगोकु क्षेत्रको स्थान र भूगोल
च्युगोकु क्षेत्र होन्शु को पश्चिममा पर्दछ
तोत्तोरी, सिमाने, ओखायामा, हिरोशिमा, यामागुची गरी 5 वटा प्रान्तबाट बनेको छ। यस्को जापानी समुद्री क्षेत्रलाई सानिन क्षेत्र, सेतोउची समुद्री क्षेत्रलाई सान्यो क्षेत्र पनि भनिन्छ। सानीन र सान्यो क्षेत्रको मौसम धेरै नै फरक छ
सानीन क्षेत्रमा जाडोमा हिउं धेरै पर्दछ भने सान्यो क्षेत्रमा पानी कम पर्दछ। तर यामागुची, हिरोसिमा आदी क्षेत्र मा बर्षा याममा धेरै पनि पर्न सक्छ
च्युगोकु क्षेत्रका प्रमुख आकर्षण・・・
इजुमो ताइश्या मन्दिर
यो मन्दिरको देउता विवाहको देउताको रुपमा प्रसिद्द रहेको छ। साथै दया र रोग निको पार्ने देउताको रुपमा पनि चिनिन्छ
अहिले धेरै बिदेशीहरु पनि यस् मन्दिर मा जान्छन
इचुकुशिमा मन्दिर
जापान भरी रहेको 500 वटा मन्दिरको मुख्य मन्दिर यो हो
UNESCO विश्व सांस्कृतिक सम्पदामा " इचुकुशिमा जिन्ज्या " को नाम बाट पनि दर्ता गरिएको छ
हिरोसिमाको समुद्री किनारामा रहेको यो मन्दिर जापानको तेस्रो सब भन्दा सुन्दर स्थान को रुपमा रहेको छ
जेन्जाइ
सिमी लाई चिनीसँग पकाइएको जापानिज खाने कुरा हो
मोची (चामल बाट बनेको केक) र सिरातामा, कटुसको खानरोनी ( चिनी पानीमा उमालेको ) सँग पनि खाइन्छ
जापानमा यो खाने कुरा धेरै प्रख्यात छ